npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

वृद्ध पैदलयात्रीमाथि हातपात गर्ने पारस बममाथि अभद्र व्यवहारको मुद्दा

इन्द्र कमल रोक्का 5 hours ago

काठमाडौं । एक वृद्ध पैदलयात्रीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि अभद्र व्यवहारको मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद लिएर अनुसन्धान भइरहेको छ । बीच सडकमै हिँडेका वृद्ध पुरुषमाथि बमले मुक्का हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उनी पक्राउ परेका थिए । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

नेपालको मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ११८ मा अभद्र व्यवहारसम्बन्धी मुद्धामा दोषी ठहरिए अधिकतम १ वर्षसम्म कैद वा १०,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

Read more news from Kendrabindu

Explore by Source or Category