आर्सनल वुल्भ्ससँग रोकियो
एजेन्सी – प्रिमियर लिग मा शीर्ष स्थानको आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा वुल्भ्ससँग २-२ को बराबरी खेलेको छ।
आर्सनलका लागि बुकायो साका ले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरे। त्यसपछि ५६औं मिनेटमा पिएरो हिन्कापिए ले गोल गर्दै आर्सनललाई २-० को बलियो अवस्थामा पुर्याए।
तर वुल्भ्सले हार मानेन। ६१औं मिनेटमा हुगो बुएनो ले उ गोल गर्दै अन्तर घटाए। खेलको इन्जुरी समयमा डेब्यु खेलिरहेका टम एडोजी को प्रहार आर्सनलका डिफेन्डर रिक्कार्डो क्यालाफियोरी लाई लाग्दै गोल भएपछि खेल २–२ को बराबरीमा सकियो।
यो बराबरीपछि आर्सनलले शीर्ष स्थानमा ७अंकको अग्रता बढाउने मौका गुमाएको छ। ५८ अंकको आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडि छ।
The post आर्सनल वुल्भ्ससँग रोकियो first appeared on हाम्रो खेलकुद.