npl.977 Nepal News Stream

RONB post logo RONB post

नोबेल मेडिकल कलेजबाट खस्दा चिकित्सकको मृत्यु

RONB Post 20 hours ago

काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

आइतबार बिहान करिब ६:३० बजे पाँचौँ तलाबाट खसेरगम्भीर अवस्थामा फेला परेको यादवको उपचारका क्रममा बिहान ७:२५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post नोबेल मेडिकल कलेजबाट खस्दा चिकित्सकको मृत्यु appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category