npl.977 Nepal News Stream

RONB post logo RONB post

निर्यात ५८.१७ प्रतिशत बढ्यो, धेरै सोयाविनको तेल, दोस्रोमा अलैंची

RONB Post 21 hours ago

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा नेपालबाट हुने वस्तु निर्यात ५८. १७ प्रतिशतले बढेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको मंसिर मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

पाँच महिनाको अवधिमा एक खर्ब १६ अर्ब रूपैयाँ बराबरको निर्यात भएको छ। पाँच महिनामा औसत मासिक निर्यात २३ अर्ब २ करोड बराबरको छ भने मंसिर महिनाको निर्यात पनि २३ अर्ब रूपैयाँ बराबरको छ।

गत आवको पहिलो पाँच महिनामा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा सोयाविनको तेलको निर्यात सबै भन्दा धेरै देखिएको छ । समीक्षा अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको २२ करोड ५२ लाख ८८ हजार केजी सोयाबिन तेल निर्यात भएको छ ।

दोस्रोमा अलैंची रहेको छ । समीक्षा अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख रुपैयाँको अलैंची निर्यात भएको छ । तेस्रो स्थानमा भने कार्पेट रहेको छ । चार अर्ब १३ करोड ४६ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्ममा नेपालले विश्वका विभिन्न देशबाट ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपैयाँबराबरको सामान आयात गरेको छ।

आयात भने १५.८३ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष २०८१/०८२ को सोही अविधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको सामान आयात भएको थियो।

यसैगरी व्यापार घाटा भने १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ६८ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको थियो।

The post निर्यात ५८.१७ प्रतिशत बढ्यो, धेरै सोयाविनको तेल, दोस्रोमा अलैंची appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category