npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

महानगरले बनाएको साइकल लेनमा त्रुटि नै त्रुटि, के भन्छन् साइक्लिस्ट ? (तस्विरहरू)

Supriya Acharya 2 hours ago

काठमाडौँ । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको छ । यसअघि सडकमै हरियो रेखा कोरेर छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भन्दै विरोध भएपछि चौडा फुटपाथसँगै साइकल लेन बनाइएको हो ।

तर साइक्लिस्टहरुले भने लेन प्रयोगमा जटिलता रहेको बताएका छन् । नेपाल साइक्लिङ संघका सचिव देवेन्द्र बस्न्यातले साइक्लिस्टहरुको दबाबपछि बल्ल लेन बनाउन लागिएको बताए । निर्माण भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ । उनले भने- ‘साइक्लिङका लागि यो लेन सजिलो छैन । साइकल लेनको इन्ट्री प्वाइन्टमै समस्या देखियो । कतिपय ठाउँमा कनेक्सन पनि छैन । कतिपय ठाउँमा दुर्घटनाको जोखिम छ । धेरै ठाउँ साँघुरो छ । धेरै कुरा सुधार गर्नु पर्नेछ ।’

पैदल यात्रु हिड्ने र साइकल चलाउने लेन प्रष्ट रुपमा छुट्याउनु पर्ने अर्का साइक्लिस्ट लक्ष्मण बानियाँले बताए । तीनकुने-माइतीघर सडक खण्डको साइकल लेनलाई लगभग १३ वर्षदेखि हेरिरहेका स्टोरी साइकलका सौरभ ढकालले भने- ‘साइकल लेन पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । खाली इँटा मात्रै परिवर्तन गरिएको छ । ग्रेडिङ, क्वालिटी र सहजतामा पटक्कै काम भएको देखिँदैन । यो ठाउँमा नयाँ फुटपाथ बनाउने काम सुरु भएपछि हामीले महानगरलाई निवेदन पनि दिएका थियौं ।’ बाँकी तस्विरमा हेर्नुहोस्:

 

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category