npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

पाकिस्तानको कराचीमा ग्यास चुहावटले विस्फोट, १६ जनाको मृत्यु

नेपालन्युज 22 hours ago

इस्लामाबाद। पाकिस्तानको कराचीस्थित सोल्जर बजार क्षेत्रमा ग्यास चुहावटले ठुलो विस्फोट भएको छ। विस्फोटबाट आवासीय भवनको एक भाग भत्किँदा १६ जनाको मृत्यु भएको छ।

थप केही सर्वसाधारण घाइते भएको बीबीसी उर्दुले जनाएको छ। आपतकालीन सेवाका प्रवक्ता हसन हबिबले बिहान ३:४५ बजे गुल राणा कोलोनीमा ग्यास चुहावटका कारण विस्फोट भएको बताए।

यसले भवनको एक भाग भत्कियो। मृत्यु हुनेमा बालबालिका पनि थिए।

सोल्जर बजार प्रहरीका अनुसार दुर्घटना एक निजी विद्यालयनजिकै रहेको आवासीय भवनमा भएको थियो। जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए। साँघुरो सडकका कारण उद्धार टोलीहरू घटनास्थलमा पुग्न गाह्रो भएको थियो।

सिन्धका मुख्यमन्त्रीका प्रवक्ता अब्दुल रसिद चन्नाले एक विज्ञप्ति जारी गर्दै सोल्जर बजारमा ग्यास चुहावटका कारण भएको विस्फोटप्रति मुख्यमन्त्रीले गहिरो दुःख व्यक्त गरेका छन्। उनले सम्बन्धित निकायहरूलाई भग्नावशेषमुनि फसेकाहरूलाई तुरुन्तै उद्धार गर्न निर्देशन दिएका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category