npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

Prakash Timalsina 22 hours ago

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ।

यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्।

सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ मा झारेको छ। बार्सिलोनाले आइतवार सन् २०२५ को अन्तिम खेल खेल्नेछ।

२७औँ जन्मदिन मनाइरहेका एम्बाप्पेले खेलको ८६औँ मिनेटमा पेनाल्टीबाट गोल गरे। यो उनको वर्षको ५९औँ गोल हो। यसअघि उनले हेडरमार्फत पोस्टमा बल ठोक्किएको थिए।

खेलको ३८ औं मिनेटमा बेलिङ्घमको गोलमा रियलले अग्रता लिएको थियो। उनलाई रोड्रिगोले पास दिएका थिए। रोड्रिगोले नै दोस्रो हाफमा पेनाल्टी पनि जितेका थिए।

खेलको ६८औँ मिनेटमा बेलिङ्घममाथि फाउल गरेपछि सेभिल्लाका मार्काओले रातो कार्ड पाए र सेभिल्ला १० खेलाडीमा सीमित भयो।

खेलको अन्त्यतिर एम्बाप्पेलाई अर्को पेनाल्टी पाउने मौका जस्तो देखिएको थियो। तर भिएआर जाँचपछि निर्णय रद्द गरियो।

The post रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category