npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

रमाडा बाइ विन्धाम इटहरीले विभागबाट पायो ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र

Basudev Timalsina 7 hours ago

काठमाडौं। ग्रान्ड सेन्ट्रल होटल प्रालि अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र पाएको छ।

विभागको विराटनगरस्थित कार्यालयले रमाडालाई ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र दिएको हो। यो प्रमाणपत्रले उच्च खाद्य गुणस्तर, उत्कृष्ट सरसफाइ तथा पाहुनाको सुरक्षाप्रति देखाएको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने होटलले जनाएको छ।

‘विभागबाट अति उत्तम स्ट्यान्डर्डाइजेसन प्राप्त गर्नु हाम्रा लागि ठूलो सम्मानको कुरा हो। यस उपलब्धिले पाहुनालाई उत्कृष्ट सुविधा, सुरक्षित र उच्च गुणस्तरीय भोजन अनुभव प्रदान गर्ने हाम्रो मूल मन्त्रलाई प्रमाणित गरेको छ,’ होटलका महाप्रबन्धक महाप्रबन्धक अभिमन्यु कायस्थले भने।

हालै सञ्चालनमा आएको होटलका सञ्चालक देशबन्धु बस्नेत हुन्। होटलमा ८१ वटा कोठा र चार वटा रेष्टुरेन्ट छन्।

The post रमाडा बाइ विन्धाम इटहरीले विभागबाट पायो ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category