npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

काठमाडौं महानगरको जस्तै कर्णालीको सभ्यता पनि जोगाउँछौं- बालेन शाह

नेपालन्युज 12 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले काठमाडौंको जसरी नै कर्णालीको पनि सभ्यता जोगाउने प्रतिबद्धता जनाएका छन्।

सुर्खेतमा रास्वपाको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ नेता शाहले कसैले बुझ्न नसकेको कर्णालीको इतिहासको गहिराईलाई अब रास्वपाले बुझ्ने बताएका हुन्।

‘देशकै ठूलो जिल्ला रहेको, ठूलो नदी रहेको, ठूलो गाउँपालिका रहेको र गहिरो ताल रहेको यो ठाउँको गहिराइलाई आजसम्म कुनै सरकार वा पार्टीले बुझ्न सकेनन्। त्यो गहिराइ हामी बुझ्न चाहन्छौं। त्यो गहिराइ बुझ्ने पार्टी हो—रास्वपा,’ उनले भने।

उनले रारा ताललाई स्वर्गको अप्सराजस्तो भने। यार्सागुम्बालाई सुनजस्तो भने र कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न नसकेको बताए। कर्णालीको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने रास्वपाको चाहना रहेको उनले बताए।

‘यो सिञ्जा उपत्यका आफैमा सभ्यता भएको ठाउँ हो। नेपाली खस भाषाको उद्गम स्थल यही हो। यहाँ आफ्नै भाषा, नाचगान, चित्रकला, जात्रा र लिपि छन्। यी सबै मिलेर एउटा सभ्यता बन्छ। त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा। हामीले काठमाडौंमा जसरी सभ्यता जोगाएका छौं, त्यसरी नै यहाँ पनि जोगाउन चाहन्छौं,’ उनले भने।

 

Read more news from नेपाल न्युज

Explore by Source or Category