npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

नेपालले टस जित्यो

Prakash Timalsina 3 days ago

मुम्बई (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो।
नेपालले सुरुवाती तीनै खेलमा टस हारेको थियो।

स्कटल्यान्डविरुद्ध नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ। करण केसीको स्थानमा सन्दीप जोरा प्लेइङ ११ मा समेटिएका छन्।

सुरुवाती ३ खेलमा हार भोगेको नेपाल स्कटल्यान्डविरुद्ध निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। सुरक्षाको कारण देखाउँदै भारत भ्रमण नगर्ने बंगलादेशको निर्णयपछि आइसिसी वरीयताका आधारमा अन्तिम समयमा विश्व कपमा मौका पाएको स्कटल्याण्डले ३ मध्ये १ खेल जितेको थियो।

स्कटल्याण्डले इटालीलाई हराएको थियो। वेस्ट इन्डिज र इङ्ल्यान्डसँग पराजित भएपछि स्कटल्याण्ड सुपर एट दौडबाट बाहिरिएको थियो।

पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनको झिनो अन्तरको हातमा पनि नेपाली टोलीले चर्चा पाएको थियो। त्यसपछि इटालीसँग १० र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपालको इङ्ल्यान्डको प्रदर्शन छाँयामा परेको थियो।

यो समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर सुपर एट मा पुगेका छन् । नेपाल, स्कटल्यान्डसँगै इटाली समूह चरणबाटै बाहिरिएका छन्।

सन् २०१४ को पहिलो पटक टि ट्वान्टी विश्वकप खेल्दा ३ मध्ये २ खेल जितेको नेपालले त्यसपछिका २ पटकको सहभागितामा अहिलेसम्म जित निकाल्न सकेको छैन।
२०२४ को विश्वकपमा नेपालले ४ मध्ये ३ खेलमा हार बेहोरेको थियो।

श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपालले १ अंक जोडेको थियो। त्यसबाहेक नेपालले विश्वकपका २०२४ र जारी विश्वकपमा खेलेर अंक जोड्न सकेको छैन।

३ खेलको प्रर्दशनबाट निराश नेपाललाई जित बाट विश्वकप यात्राको अन्त्य गर्ने आज एउटा अन्तिम अवसर रहेको छ।

त्यसो त नेपाल र स्कटल्यान्डबीच पछिल्ला भेट निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ। गत जुनमा भएको एकदिवसीय विश्वकप लिग टु अन्तर्गत दुवै टोलीले एक एक खेल जितेका थिए। त्यस्तै सोही समयमा भएको टि‌ ट्वान्टी आईमा पनि नेपाल र स्कटल्यान्डले एक–एक खेल जित्दै बराबरी नतिजा निकालेका थिए।

नेपाल र स्कटल्यान्डबीचको टि ट्वान्टी इतिहास हेर्दा २०१३ मा युएईमा भएको खेलमा स्कटल्यान्डले नेपाललाई पराजित गरेको थियो। त्यसयता भने दुवै टोलीबीचको प्रतिस्पर्धा सन्तुलित बन्दै आएको छ।

The post नेपालले टस जित्यो first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category