npl.977 Nepal News Stream

GandakNews logo GandakNews

संसद् विघटन विरुद्धको रिटमा चुनावको भोलिपल्टलाई साधारण तारिख

गण्डक न्यूज 8 hours ago

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटलाई चुनावपछिको तारिख दिएको छ ।

संसद् विघटनविरुद्ध गएको मंसिरमै रिटहरू दायर गरिएको थियो । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ अघि बढाइएको छैन ।

प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि असंवैधानिक रूपमा पदमा नियुक्त भएको भन्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न रिटमा मागदाबी लिइएको छ । तर, रिटमा सुनुवाइका निम्ति सर्वोच्चले अझै पेसी दिएको छैन ।

शुक्रबार (फागुन ८) रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिए ।

उनका अनुसार, चुनाव सकिएपछि पनि सुनुवाइको मिति तय नगरी तारिख मात्र दिइएको हो । त्यस दिन सुनुवाइ हुने छैन । अर्थात्, निर्वाचन (फागुन २१)अघि संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ हुँदैन ।

Read more news from GandakNews

Explore by Source or Category