ज्ञानेन्द्र शाही ललितपुर १ बाट उम्मेदवार सिफारिस
Kiran Poudel
|
6 hours ago
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) प्रतिनिधिसभा चुनावका लागि ललितपुर क्षेत्र नं १ बाट सिफारिस भएका छन्।
राप्रपा क्षत्रीय कार्यसमितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावका लागि शाहीसहित परशुराम सिलवाल र रबिन घिमिरे गरी तीन जनाको नाम सिफारिस गरेको हो। शाही यसअघिको निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए।
त्यस्तै, सोही निर्वाचन क्षेत्रबाट समानुपातिकका लागि विक्रम लामा, कौशल्या थापा र किशोर देशारको नाम सिफारिस भएको छ। प्रतिनिधिसभा चुनाव आगामी २१ फागुनमा हुँदैछ। ललितपुर– १ बाट अघिल्लो चुनावमा नेपाली कांग्रेसका उदयशम्शेर राणा विजयी भएका थिए।