npl.977 Nepal News Stream

Himal Press logo Himal Press

रवि र बालेनबीच छलफल सकारात्मक बनेको दाबी

Kiran Poudel 2 hours ago

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको भेटवार्तापछि सकारात्मक प्रतिक्रिया सार्वजनिक भएको छ। रास्वपाका केन्द्रीय सदस्य असिम शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका हुन्।

करिब ५ घण्टासम्म चलेको वार्ता लगत्तै मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहले लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन-दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई ।’

सोमबार राति रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख शाहबिच कमलपोखरीस्थित असिम शाहकै घरमा लामो भेटवार्ता भएको थियो । स्रोतका अनुसार करिब पाँच घण्टा चलेको छलफल सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान १ बजेसम्म निरन्तर भएको हो।

भेटवार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछानेसँगै उपसभापति डीपी अर्याल सहभागी थिए भने बालेन समूहबाट मेयर बालेन शाहसहित वार्ता समिति संयोजक कुमार बेन उपस्थित थिए ।

Read more news from Himal Press

Explore by Source or Category