सेयर बजार १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा, ४ अर्ब ५२ करोडको कारोबार
काठमाडौं। सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक आइतबार १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा आएको छ।
कारोबारमा आएका उपसमूहमा म्युचुअल फण्ड बाहेकका सबै घट्दा बजार ओह्रालो लागेको हो। जीवन बीमाको सूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ।
बजारमा सेयर मूल्य घट्दा २०७ कम्पनीका लगानीकर्ता नोक्सानमा परेका छन्। सिन्धु विकास बैंकको सेयर मूल्य घटेर नेगेटिभ सर्किट लागेको छ।
बजारमा ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ वटाको स्थिर रह्यो। एसवाई प्यानल नेपालको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। बजारमा ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै १३ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, बराही हाइड्रोपावरको ११ करोड ९० लाख र सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
The post सेयर बजार १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा, ४ अर्ब ५२ करोडको कारोबार appeared first on BIZMANDU.