RONB post
दाउन्ने सडक खण्डमा मन्त्री घिसिङको रात्रि अनुगमन
RONB Post
|
23 hours ago
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिवार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्।
मन्त्री घिसिङले निर्माणलाई तीव्रता दिन निर्देशन पनि दिएका छन्। सडक विस्तारको क्रममा भएको ढिलासुस्ती किन भइरहेको छ भनेर उनी आफैँ निरीक्षणमा आएका हुन्।
मन्त्री घिसिङले सडक विस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिनाभित्र सहज रूपमा यातायात सञ्चालन हुन मिल्ने सडक तयार बनाउन निर्देशन दिएका छन्।
The post दाउन्ने सडक खण्डमा मन्त्री घिसिङको रात्रि अनुगमन appeared first on RONB post.