निर्वाचनको ‘साटाकसुटुक’प्रति गोकुल बास्कोटाको कटाक्ष- डुङ्गा तार्ने आफै हौं कि अरु ?
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले निर्वाचनको बाहिरी माहोल र भित्री अस्वभाविक सक्रियतालाई लिएर टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले अहिलेको अवस्थालाई ‘के हुने, के नहुने’ भन्ने दोधारको रूपमा बताएका हुन् । उनले भनेका छन्, “चुनाव त खै के ? खै के? हुन्छ कि के हो? बाहिर प्रचार जोडतोड छ, भित्र साटाकसुटुक बढ्दो छ ।”
नेता बास्कोटाले दलहरूबीच देखिएको विरोधाभासपूर्ण व्यवहारलाई पनि व्यङ्ग्य गरेका छन् । एकातिर दलहरूले जनताका लागि ‘घोषणा पत्र’ तयार गरिरहेका छन् भने अर्कोतिर कतिपय समूहबाट ‘बहिष्कार पत्र’ को छनक दिने खालका वक्तव्यहरू आउनुले राजनीतिक वातावरण धमिलिएको उनको तर्क छ।
उनले भनेका छन्, “जाली कुरा नगरी भन-डुङ्गा तार्ने आफै हौ वा अरु? थप पानी नधमिल्याऊ।”