अनेरास्ववियुद्वारा काठमाडौंमा बालेनको पुत्ला दहन
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको झण्डा जलाएको विरोधमा काठमाडौंमा मसाल जुलुस निकालेको छ ।
हिजो दाङमा रास्वपा सभापति रवि लामिछाने सहभागी भएको कार्यक्रममा एमालेको झन्डा जलाएपछि एमालेका नेता कार्यकर्ताहरु रुष्ट देखिएका छन् । यसैबीच अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो ।जुलसमा रास्वपाका वरिष्ठ नेता बालेन शाहको पुत्लासमेत जलाइएको छ ।
संगठनले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ। यता रास्वपाले भने यसको खण्डन गर्दै झन्डा जलाउने घटनामा पार्टीका नेता कार्यकर्ता संलग्न नरहेको बताइसकेको छ ।