npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

रास्वपाले संघीय मन्त्रालयको संख्या १८ मा झार्ने, प्रधानमन्त्री कार्यालयलाई नतिजा केन्द्र बनाइने

Basudev Timalsina 16 hours ago

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रालयको संख्या १८ मा झार्ने बताएको छ।

रास्वपाले बिहीबार आफ्नो चुनावी वाचा पत्रमार्फत संघीय मन्त्रालयहरुको संख्या १८ मा झार्ने बताएको हो। अहिले संघीय मन्त्रालयको संख्या प्रधानमन्त्री कार्यालयसहित २२ छ।

रास्वपाले प्रधानमन्त्री कार्यालयलाई नतिजा केन्द्रको रुपमा रुपान्तरण गर्ने बताएको छ।

‘संघीय मन्त्रालयहरूको संख्या १८ मा सीमित गर्दै विज्ञ मन्त्री र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापित गर्नेछौं,’ रास्वपाले वाचा पत्रमा भनेको छ, ‘प्रधानमन्त्री कार्यालयलाई केवल प्रशासनिक निकाय मात्र नभई अन्तर- मन्त्रालय समन्वय, जलवायु परिवर्तन र ठूला आयोजनाहरूको प्रत्यक्ष अनुगमन गर्ने नतिजा केन्द्रका रूपमा रूपान्तरण गर्नेछौं।’

The post रास्वपाले संघीय मन्त्रालयको संख्या १८ मा झार्ने, प्रधानमन्त्री कार्यालयलाई नतिजा केन्द्र बनाइने appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category