RONB post
कांग्रेसको प्रतिज्ञा-‘विश्वले सम्मान गर्ने स्वाभिमानी नेपालको परिकल्पना’
काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्रको रुपमा भिजन-१० सार्वजनिक गरेको छ ।
जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्रमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ बुँदे भिजन समेत सार्वजनिक गरिएको हो ।
जसमा कांग्रेसले अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य गर्ने गरेको छ।
नेपाल आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने व्यवस्था गर्ने उल्लेख गरेको छ ।
प्रतिज्ञापत्रमा भनिएको छ, ‘राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपालु को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ ।
नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने छन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।’
कांग्रेसको मुख्य १० भिजन
*युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने
*‘निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य
*सत्ता र शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्ने
*सरकारी सेवामा ढिलासुस्ती अन्त्य, नागरिकलाई घरमै बसेर सेवा पाउने
* ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति वफादार नागरिकहरू नियुक्त हुने वातावरण * देशलाई ‘पेटभरी खुवाउने र देशलाई चिनाउने’
‘ओखती र ओत दिने नेपाल’ को परिकल्पना
*राज्यका संस्थाहरूमा दलीयकरण हटाउने
The post कांग्रेसको प्रतिज्ञा-‘विश्वले सम्मान गर्ने स्वाभिमानी नेपालको परिकल्पना’ appeared first on RONB post.