npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

अंशु गौतमको परिवारलाई पूर्वसचिव उपाध्यायद्वारा आर्थिक सहयोग

Saral Patrika 3 days ago

विराटनगर। मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या भएको घटनाले स्थानीय स्तब्ध छन्।

अकल्पनीय घटनाले आहत बनेको पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ। यस्तो अवस्थामा मनकारी दाताहरूबाट सहयोग जुट्न थालेको छ।

विपन्न अवस्थामा रहेको गौतम परिवारलाई किरिया खर्च र दैनिक गर्जो टार्न समेत समस्या भएपछि स्थानीयको पहलमा सहयोग संकलन सुरु गरिएको हो।

यसै क्रममा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले पीडित परिवारलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग उपलब्ध गराएका छन्।

स्थानीयको विशेष अनुरोध र पहलपछि उपाध्यायले आफ्नो तर्फबाट ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। उक्त रकम अंशुका बुबा नवीन गौतमलाई हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण गर्दै अभियानकर्मीहरूले पूर्वसचिव उपाध्यायलाई धन्यवाद ज्ञापन गरेका छन्।

सामाजिक सञ्जाल र व्यक्तिगत तवरबाट उपाध्यायले अन्य दाताहरूलाई पनि यो विपतको समयमा मानवताको नाताले गौतम परिवारलाई सहयोग गर्न अपिल गरेका छन्।

एउटै गाउँको बासिन्दा र मानवीयताका नाताले दुःखद घडीमा सानो भए पनि मल्हम लगाउने प्रयास गरेको योगराज दाहालले बताए।

* * *

‘१३ वर्षीया अंशुको हत्या छिमेकीले’

दुई सातादेखि बेपत्ता बालिकाको शव बीभत्स अवस्थामा फेला

Read more news from Saral patrika

Explore by Source or Category