RONB post
एम्बाप्पेले गरे रोनाल्डोको कीर्तिमानमा बराबरी
RONB Post
|
15 hours ago
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले सेभियाविरुद्ध २–० को जित निकालेको छ । शनिबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई जित दिलाउन जुड बेलिङ्घम र किलियन एमबाप्पेले गोल गरे ।
रियालले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो । यो गोलसँगै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्।
जितसँगै रियालले शीर्ष स्थानसँगको दूरी एक अंकमा झारेको छ । तालिकाको दोस्रो स्थानमा रहेको रियालले १८ खेलबाट ४२ अंक जोडेको छ । रियालभन्दा एक खेल कम खेलेको लिग लिडर बार्सिलोना ४३ अंकसहित शीर्ष स्थानमा छ ।
The post एम्बाप्पेले गरे रोनाल्डोको कीर्तिमानमा बराबरी appeared first on RONB post.