श्रीलङ्काद्वारा जिम्बाब्वेलाई १७९ रनको लक्ष्य
काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’को खेलमा श्रीलङ्काले जिम्बाब्वेलाई १७९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
आज कोलम्बोको आर. प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएकाे हाे ।
श्रीलङ्काका लागि प्रारम्भिक ब्याट्सम्यान पथुम निसङ्काले उत्कृष्ट पारी खेल्दै ४१ बलमा ८ चौकाको मद्दतले ६२ रन जोडे । उनलाई मध्यक्रममा पवन रत्नयकेले राम्रो साथ दिए । रत्नयकेले मात्र २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४४ रनको आक्रामक पाली खेले ।
जिम्बाब्वेका बलरहरूले अन्तिम ओभरहरूमा श्रीलङ्कालाई रोक्ने प्रयास गरे । ग्रेम क्रेमर, ब्लेसिङ मुजरबानी र ब्राड इभान्सले समान २–२ विकेट लिए । क्रेमर सबैभन्दा किफायती देखिए, उनले ४ ओभरमा २७ रन मात्र खर्चे । त्यस्तै रायन बर्लले १ विकेट हात पारे ।