npl.977 Nepal News Stream

Taksar News logo Taksar News

मधेसको सभामुखमा रामअशिष यादव निर्वाचित

टक्सार न्युज 6 hours ago

काठमाडाैँ । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामअशिष यादव निर्वाचित भएका छन् ।

यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन् । उनको पक्षमा प्रदेश सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरुमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो ।

नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उहाँको पक्षमा मतदान गरेको थियो ।

त्यस्तै नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले विपक्षमा मतदान गरेको थियो । प्रदेशसभा सदस्य रामअशिष यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् प्रश्तावको पक्षमा प्रदेस सभामा उपस्थित प्रदेशसभा सदस्य संख्याको बहुमत रहेकाले अर्का सभामुख पदका उम्मेदवार त्रिलोकी प्रसादको प्रश्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुपरेको थिएन ।

Read more news from Taksar News

Explore by Source or Category