npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

अभिभावकलाई आन्दोलन गर्न शिक्षामन्त्री पुनको आग्रह

नेपालन्युज 15 hours ago

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने बताएका छन्।

देशभरका विद्यालयमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीति हटाउन अभिभावक एकजुट भएर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ।

शिक्षा मन्त्रालयले काठमाडौंबाट निर्देशन दिएर मात्र नपुग्ने भन्दै उनले अभिभावकले आन्दोलन गरेर कडा चेतावनी नदिएसम्म विद्यालय सुधार नहुने बताएका हुन्।

शिक्षामन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो। लौ त स्थानीय अभिभावकहरु, आफ्नो छोराछोरीको भविष्यका लागि जाग्नुहोस्।’

Read more news from नेपाल न्युज

Explore by Source or Category