npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

झलनाथपत्नी रविलक्ष्मी उपचारपछि स्वदेश फिर्ता, ‘जेनजीको मखुन्डो ओढेर देश विध्वंस पार्नेलाई कारबाही होस्’

Narayan 16 hours ago

काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किएकी छिन्।

आगजनीमा जलेर घाइते चित्रकार तीन महिना लामो उपचारपछि स्वदेश फकिएकी हुन्। दिल्लीको एपोलो अस्पतालमा चित्रकारको उपचार भएको थियो।

भदौ २४ गते निवासमा भएको आगजनीमा चित्रकार गम्भीर घाइते भएकी थिइन। कीर्तिपुर अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई भारत लगिएको थियो।

विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै चित्रकारले आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन। साथै जेनजीको मखुन्डो ओढेर देशलाई विध्वंस पार्नेलाई राज्यले चाँडै पहिचान गरी कारबाही गर्न पनि उनले माग गरिन।

चित्रकारलाई असोज ६ गते भारत लगिएको थियो।

The post झलनाथपत्नी रविलक्ष्मी उपचारपछि स्वदेश फिर्ता, ‘जेनजीको मखुन्डो ओढेर देश विध्वंस पार्नेलाई कारबाही होस्’ appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category