निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित दलहरूसँग छलफल गर्दै
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले राजनीतिक दल र प्रशासनसँग समन्वय बढाएको छ । आज आयोगले प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग सिंहदरबारमा छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल मुख्यतः आगामी चुनावको तयारी, मतदाता व्यवस्थापन, संवेदनशील क्षेत्रको सुरक्षा र निर्वाचनको दिन अपनाइने रणनीतिमा केन्द्रित हुनेछ। यस क्रममा आयोगले राजनीतिक दललाई हालसम्मको चुनाव तयारीबारे जानकारी दिने र दलका सुझाव, धारणा र चासो संकलन गर्नेछ ।
छलफलमा सुरक्षा निकायका प्रतिनिधिहरूको पनि सहभागी हुनेछ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा तोकिएकै मितिमा सम्पन्न गराउनका लागि आजको छलफल बोलाईएको आयोगले जनाएको छ ।