सुनको भाउमा लगातारको ओरालो यात्रामा लाग्यो ब्रेक, आज रु. ४३०० ले बढ्यो
जयराम गौतम
|
18 hours ago
काठमाडौं । नेपाली बजारमा सुनको भाउमा लगातारको ओरालो यात्रामा ब्रेक लागेको छ। लगातार ३ दिन घटेको सुनको भाउ आज बिहीबार बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ। यो दिन प्रतितोला ३ लाख ४०० रुपैयाँमा किनबेच भएको छ।
आज चाँदीको भाउ पनि तोलामा १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।