npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

आयोजक सहारा आहा! रारा गोल्डकपको फाइनलमा

Prakash Timalsina 2 days ago

पोखरा (हाम्रो खेलकुद)- आयोजक सहारा क्लब पोखराले २५औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ए डिभिजन टोली मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा सहारा उपाधि नजिकको पुगेको हो।
निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरी भएपछि निर्णय सडेन डेथबाट गरिएको थियो । अन्तिममा सहारा ७-६ ले विजयी भयो ।
निर्णायक क्षणमा गोलकिपर टिकेन्द्र थापाले सविन खड्काको प्रहार रोकेपछि सहाराको फाइनल यात्रा पक्का भएको हो। सहारा क्लबका ताये डायनियल बादारु ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
भोली दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लब र आभा एफसी उज्वेकिस्तानबीच हुनेछ ।

The post आयोजक सहारा आहा! रारा गोल्डकपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category