npl.977 Nepal News Stream

RONB post logo RONB post

फेरि तोलामा तीन लाख नाघ्यो सुनको भाउ

RONB Post 2 days ago

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि बढेको छ । बुधबार सुन तोलाको २ हजार ९०० रुपैयाँ बढ्दै तोकाको तीन लाख रुपैयाँ नाघेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मुल्य ५ हजार ६५ रुपैयाँ रहेको थियो ।

The post फेरि तोलामा तीन लाख नाघ्यो सुनको भाउ appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category