npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

सुन चाँदीको भाउले बनायो नयाँ रेकर्ड

नानु खड्का (निर्जला) 4 hours ago

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको हो।

हिजो आइतबार प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ५८ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा १३० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४२ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

 

Read more news from Insurance Khabar

Explore by Source or Category