npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

नेपाल न्युज 7 hours ago

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।

प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा सिसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिएका छन् ।

कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको बताइएको छ ।

प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार सिसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्ने दाबी गरे। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला तथा आम नागरिकलाई सहयोगका लागि आग्रह गरिएको छ ।

Read more news from नेपाल न्युज

Explore by Source or Category