npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

नेपालको फिफा वरीयता यथावत

Prakash Timalsina 16 hours ago

काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयतामा यथावत रहेको छ।

फिफाको सोमवार जारी गरेको डिसेम्बरको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल‌ स्थानमा कायम छ। फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा छ। अघिल्लो वरीयता भन्दा नेपाल २ स्थान झरेको थियो।

पछिल्लो वरीयताअनुसार नेपाललाई पछि पार्दै बंगलादेश ३ स्थान उक्लिएर १ सय ८०औं स्थानमा पुगेको थियो। अहिले पनि बंगलादेश सोही स्थानमा छ। साफ सदस्य राष्ट्र सबैको वरीयता परिवर्तन भएको छैन। भारत १ सय ४२ औं र माल्दिभ्स १ सय ४७ औं स्थानमा छ।

साफ च्याम्पियनसिप नजिकिँदै गर्दा नेपाल साफमा चौथो स्थानमा छ। अब नेपाल भन्दा वरीयतामा भुटान, श्रीलंका र पाकिस्तान छन्।

फिफा वरीयताको शीर्ष १० स्थान यथावत रहेको छ। स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छ।

साफ सदस्य राष्ट्रको फिफा वरीयता
भारत- १४२
माल्दिभ्स -१७३
बंगलादेश- १८०
नेपाल – १८२
भुटान -१९२
श्रीलंका – १९४
पाकिस्तान – १९९

The post नेपालको फिफा वरीयता यथावत first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category