npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

महाधिवेशन सार्ने खेलमा कांग्रेस नेताहरू, बोलाइयो बैठक

अनलाइन टीभी नेपाल 1 day ago

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक बस्ने गरी तय गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २९ सम्म काठमाडौंमा गर्ने कार्यतालिका छ ।

जसअनुसार अहिले कांग्रेसको क्रियाशील सदस्यता वितरणको काम भइरहेको छ । बुधबार बेलुकादेखि कांग्रेसले क्रियाशील सदस्यता वितरण नगर्ने भएको छ । क्रियाशील सदस्यता वितरण सकेपछि वडा अधिवेशन पुस १६ गते गर्ने कार्यतालिका छ । तर क्रियाशील सदस्यता वितरणमा समस्या आएको भन्दै कांग्रेस संस्थापन पक्षले अधिवेशनको कार्यतालिका संशोधन गर्ने तयारी गरेको छ ।

त्यसकै लागि बुधबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको एक नेताले बताए । कांग्रेस संस्थापन पक्ष अहिले महाधिवेशन र फागुनको निर्वाचनभन्दा पनि प्रतिनिधिसभा पुनःस्थापना अभियानमा केन्द्रित भएको छ । सोही कारण विभिन्न बखेडा निकालेर महाधिवेशनको कार्यतालिका हेरफेर गर्न लागिएको बुझिएको छ ।

संस्थापन पक्ष सके वैशाखमा नभए फागुनमा महाधिवेशन गर्ने रणनीतिमा छ । तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुस अन्तिममा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने पक्षमा छन् । थापाले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Read more news from Online Tv Nepal

Explore by Source or Category