npl.977 Nepal News Stream

Himal Press logo Himal Press

सवारी दुर्घटना : १० महिनामा १३२ जनाको मृत्यु

Keshav Rana Chhetri 1 day ago

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा १३२ जनाको मृत्यु भएको जनाएको छ। कार्यालयले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको माघ महिनासम्म ४ हजार ३ वटा दुर्घटना भएको जनाएको हो।

दुर्घटनामध्ये सबैभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिएको काठमाडौँ उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई बढाइएको बताए। आफूहरूको ध्यान राजस्व संकलन गर्ने नभई जीवन रक्षामा केन्द्रित रहेको उनको भनाइ छ।

उनले सवारी चोरी भएका घटना पनि वृद्धि भएकाले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी सुरक्षाका उपायहरू अपनाउन पनि आग्रह गरे।

सो क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ वटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ।

Read more news from Himal Press

Explore by Source or Category