कांग्रेस घोषणापत्र: संघमा १६ र प्रदेशमा ७ मन्त्रालय, प्रधानमन्त्री र मुख्यमन्त्री २ कार्यकालमात्रै
काठमाडौं । नेपाली कांग्रेसले सानो आकार र मितव्ययी सरकारको परिकल्पना गर्दै घोषणापत्र सार्वजनिक गरेको छ।
बिहीबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै संघमा प्रधानमन्त्रीको कार्यालयसहित बढीमा १६ र प्रदेशमा मुख्यमन्त्रीको कार्यालयसहित ७ मन्त्रालयको व्यवस्था गर्ने जनाएको छ।
त्यस्तै एउटा नेता राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्ने प्रतिबद्ता जनाएको छ।
मन्त्री तीन पटक र समानुपातिक सांसद एकपटक मात्रै हुन पाउने कानुनी व्यवस्था गर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसले राज्यका अनावश्यक संरचना खारेजीको पनि वकालत गरेको छ। ‘राष्ट्रिय योजना आयोग र सङ्घीय सरकारका विभाग तथा कार्यालयहरूलाई आवश्यकता र औचित्यका आधारमा एकापसमा गाभ्ने वा प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण वा खारेज गर्नेछौं,’ घोषणापत्रमा उल्लेख छ।
The post कांग्रेस घोषणापत्र: संघमा १६ र प्रदेशमा ७ मन्त्रालय, प्रधानमन्त्री र मुख्यमन्त्री २ कार्यकालमात्रै appeared first on BIZMANDU.