npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

पूर्व विजेता अस्ट्रेलिया टि ट्वान्टी विश्वकपबाट बाहिरियो

Prakash Timalsina 3 days ago

एजेन्सी – पूर्व विजेता अस्ट्रेलिया भारत र श्रीलंकामा जारी आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

आयरल्यान्ड र जिम्बाब्वेबीचको मंगलवार श्रीलंकामा तय खेल वर्षाका कारण रद्द भएसँगै अस्ट्रेलियाको सुपर एट सम्भावना सकिएको हो । अस्ट्रेलियालाई हराएको जिम्बाबे सुपर एट मा पुगेको छ।

विश्व क्रिकेटको पावर हाउस अस्ट्रेलियालाई पछि पार्दै जिम्बाबे सुपर ८ मा पुगेको हो। सोमवार श्रीलंकासँग पराजित भएपछि अस्ट्रेलियाको सुपर एट यात्रा संकटमा परेको थियो।

श्रीलंका हिजै सुपर एट मा पुगेको थियो। ३ खेलपछि ५ अंकसहित जिम्बाब्वे अन्तिम आठमा पुगेको हो। समूह ‘बी’ आयरल्यान्ड, अस्ट्रेलिया ,ओमान समूह चरणबाटै बाहिरिए।

टि ट्वान्टी विश्वकपका पछिल्ला ६ मध्ये ५ पटक नकआउट चरणअघि नै बाहिरिएको छ । त्यसमध्य सन् २०२१ मा नकआउट चरण पुगेको अस्ट्रेलिया त्यही संस्करण च्याम्पियन बनेको थियो। आजै पहिलो खेलमा क्यानडालाई ८ विकेटले हराएसँगै न्युजिल्यान्ड सुपर एटमा पुगेको छ।

जारी विश्वकपमा समूह ए बाट भारत, समूह बी बाट श्रीलंका र जिम्बाबे ,समूह सी बाट वेष्ट इण्डिज र इंग्ल्यान्ड, तथा समूह डी बाट दक्षिण अफ्रिका र न्युजिल्यान्डले सुपर आठमा पुगेका छन्। समूह ए बाट सुपर एट मा पुग्ने एउटा टोलीको‌ तय हुन बाँकी छ।

The post पूर्व विजेता अस्ट्रेलिया टि ट्वान्टी विश्वकपबाट बाहिरियो first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category