‘बि’ डिभिजन र कोशीले एन्फा निर्वाचनका लागि प्रतिनिधि छाने
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) यसै महिना हुने निर्वाचनका लागि सहिद स्मारक बी डिभिजन क्लबहरुले आज आफ्ना प्रतिनिधि क्लब चयन गरेका छन्।
१४ बी डिभिजन क्लबबाट ११ वटा क्लबका मताधिकार प्रतिनिधिले एन्फा निर्वाचनमा भाग लिन पाउने वैधानिक व्यवस्था छ। बी डिभिजन क्लबले निर्वाचनबाट प्रतिनिधि छानेका हुन्।

यसरी चयन भएका क्लबले आफ्नो प्रतिनिधि चयन गर्नेछ। सी डिभिजनले यसअघि नै प्रतिनिधि छनोट गरिसकेका छन्।
चयन भएका क्लब
१.आरसिटी
२. च्यासल युथ क्लब
३. झापा फुटबल क्लब
४. बाँसबारी क्लब
५. वीरगंज युनाइटेड
६. ब्रिगेड ब्वाइज क्लब
७. ब्वाइज युनियन क्लब
८. मध्यपुर युथ एशोसियसन
९. सरस्वती युथ क्लब
१०. आर सी ३२ फुटबल क्लब
११. बागमती युथ क्लब
यसैबीच, एन्फा निर्वाचनका लागि कोशी प्रदेशको ११ जिल्लाबाट १० वटा मताधिकार प्रतिनिधि जिल्ला चयन भएका छन्।

मताधिकार प्राप्त गर्ने १० जिल्ला यी हुन् ।
१. झापा जिल्ला फुटबल संघ
२. सुनसरी जिल्ला फुटबल संघ
३. पाँचथर जिल्ला फुटबल संघ
४. इलाम जिल्ला फुटबल संघ
५. ताप्लेजुङ जिल्ला फुटबल संघ
६. धनकुटा जिल्ला फुटबल संघ
७. उदयपुर जिल्ला फुटबल संघ
८. खोटाङ जिल्ला फुटबल संघ
९. संखुवासभा जिल्ला फुटबल संघ
१०. भोजपुर जिल्ला फुटबल संघ
The post ‘बि’ डिभिजन र कोशीले एन्फा निर्वाचनका लागि प्रतिनिधि छाने first appeared on हाम्रो खेलकुद.