खसोखास रिपोर्टर
|
4 hours ago
श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ ।
भवानी प्रसाद पाण्डे
|
14 hours ago
गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने भएको छ। कुनै पनि कर्मचारीले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गरेमा कारबाही गर्ने अध्यागमन विभागले स्पष्ट पारेको छ। अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको बताएको छ।
भवानी प्रसाद पाण्डे
|
16 hours ago
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) का कार्यवाहक निर्देशक टोड लायन्सले राजीनामा दिने भएका छन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो स्तरको देश निकाला (डिपोर्टेसन) योजनाका प्रमुख कार्यान्वयनकर्तामध्ये एक हुन्। लायन्सले मे महिनाको अन्त्यमा पदबाट राजीनामा दिने जानकारी संघीय अधिकारीहरूले दिएका छन्।
भवानी प्रसाद पाण्डे
|
17 hours ago
अमेरिकाले इरानसँग सम्झौताको विकल्प नभएको दाबी गरेको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पेन्टागनमा पत्रकारहरूसँग कुरा गर्दै इरान वार्ताको टेबुलमा आएर सम्झौता गर्नुपर्ने बताए। रक्षा मन्त्रीले उनीहरू वार्तामा आउने र सहमति हुन सक्ने दाबी समेत गरे। वार्ताको टेवलबाट सहमतिमा इरान नआउने हो भने कडा आक्रमण सहनका लागि तयार हुन इरानलाई रक्षामन्त्री हेगसेथले चेतावनी दिए ।
भवानी प्रसाद पाण्डे
|
17 hours ago
अमेरिकी पहलमा लेबनान र इजरायल १० दिने युद्धविरामका लागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश युद्धविरामका लागि तयार भएको बताएका छन्। स्थानीय समयअनुसार मध्यरातदेखि नै यो युद्धविराम लागू भएको छ।
भवानी प्रसाद पाण्डे
|
18 hours ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोस्ट गार्डकी रियर एडमिरल एरिका श्वार्ट्जलाई रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को प्रमुखमा नियुक्त गरेका छन्। ट्रम्पको पहिलो कार्यकालमा उनी उप-सर्जन जनरलको रूपमा कार्यरत थिइन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, “अत्यन्त प्रतिभाशाली डा. एरिका श्वार्ट्जलाई सीडीसीको निर्देशकका रूपमा मनोनयन गर्न पाउँदा म खुसी छु।