npl.977 Nepal News Stream

Nepali Link

Nepali Link

Contents

कांग्रेसको २०० पृष्ठ लामो प्रतिज्ञा (पूर्ण पाठ)

Nabin Pokharel 14 hours ago

काठमाडौं । नेपाली कांग्रेसले सुशासन र समुन्नतिका लागि २०० पृष्ठ लामो प्रतिज्ञा सार्वजनिक गरेको छ । प्रतिज्ञामा ५ वर्षमा १५ लाख रोजगारी सिर्जना, ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प, भ्रष्टाचार नियन्त्रणका लागि कानुन निर्माण, डिजिटल सेवा विस्तार, नागरिकलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने प्रतिबद्धता, संवैधानिक नियुक्तिमा भागबन्डा नगर्ने र संस्थागत सुधारमा जोड, अर्थतन्त्र सुधारका लागि आगामी समयलाई आर्थिक पुनरुत्थानको दशक बनाउने, नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुरयाउने लक्ष्य, गैरआवासीय नेपाली नागरिकतासँग सम्बन्धित कानुन संशोधनको प्रतिबद्धता लगायत छन् ।

एमाले घोषणापत्र सार्वजनिक: यस्ता छन् समृद्धिका २५ आधार स्तम्भ

Nabin Pokharel 15 hours ago

काठमाडौँ, फागुन ७ गते । नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

‘एमालेले बनाउंछ’ मूल उद्देश्यसहित तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकताका साथ घोषणापत्र सार्वजनिक गरिएको हो ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सन्देशसहित सार्वजनिक भएको घोषणापत्रमा समृद्धिका २५ आधार स्तम्भ प्रस्तुत छन् ।

समृद्धिका २५ आधार स्तम्भमा नेपालको अर्थतन्त्र आधा दशकमा सय खर्ब, एक दशकमा २ सय खर्ब, सुदृढ वित्तिय प्रणाली, सहकारीमा सुशासन र पारदर्शिता, मर्यादित श्रम, सुरक्षित, आधुनिक नागरिकमैत्री आवास, समुन्नत सहर, उद्योग क्षेत्रको विस्तार, आधुनिक खेती र उन्नत व्यवसाय, गुणस्तरीय शिक्षा, पर्यटन वृद्धि, स्वच्छ पानी, स्वस्थ्य खाना, डिजिटल पूर्वाधार विकास लगायतका विषयवस्तु समावेश छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचा पत्र २०८२’ मा रूपान्तरणका लागि ‘नीतिगत प्रस्थानका १०० आधार’

Nabin Pokharel 16 hours ago

काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ ।

पार्टीले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक सभाबीच वाचा पत्र सार्वजनिक गरेको हो ।

सार्वजनिक वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ ।

पार्टीले रूपान्तरणका लागि ‘नीतिगत प्रस्थानका १०० आधार’ समेत वाचा पत्रमा उल्लेख गरेको छ ।

बेलायती राजाका सहोदर भाइ एन्ड्रयू रिहा

Nabin Pokharel 18 hours ago

प्रहरी चौकीबाट निस्कने क्रममा एन्ड्रयू । तस्विर- रोयटर्स

लन्डन । बेलायती राजा चार्ल्स तृतीयका सहोदर भाइ पूर्व राजकुमार एन्ड्रयू रिहा भएका छन् । सार्वजनिक पद दुरुपयोग गरेको आशंकामा बेलायती प्रहरीले बिहीबार बिहान उनलाई स्यान्ड्रिङहमस्थित शाही निवास हाताबाट पक्राउ गरेको थियो ।

नोरफोकमा प्रहरीले लगभग १२ घण्टा सोधपुछ गरेपछि एन्ड्रयू बिहीबार सांझ कारमा एल्साम प्रहरी चौकीबाट बाहिर निस्किएको देखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । अनुसन्धानमै रहने गरि एन्ड्रयू माउन्टबेटन-विन्डसरलाई रिहा गरिएको थेम्स भ्याली प्रहरीले जनाएको छ। प्रहरीले अहिले थप कुनै जानकारी दिएको छैन् ।

संयोगले पक्राउ परेकै दिन बिहीबार पूर्व राजकुमार एन्ड्रयुको ६६ औं जन्मदिन थियो ।

प्रहरीले पूर्व राजकुमारविरुद्ध सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपमा अनुसन्धान शुरु भएको जनाएपनि अनुसन्धानको पूर्ण विवरण सार्वजनिक गरेको छैन। यसअघि सार्वजनिक भएका आरोपहरूमा उनले अन्तर्राष्ट्रिय व्यापार भ्रमणका प्रतिवेदन, अफगानिस्तानमा लगानीसम्बन्धी गोप्य सरकारी ब्रीफिङ र ट्रेजरीसम्बन्धी गोप्य जानकारी व्यक्तिगत व्यापारिक सम्पर्कलाई पठाएको उल्लेख गरिएको थियो।

अनुसन्धानको एक महत्वपूर्ण भाग यौन अपराधि जेफ्री एप्स्टिनसँग सम्बन्धित कागजात र सम्पर्क समेत हुन सक्ने ठानिएको छ ।

राजा चार्ल्सका सहोदर भाइ एन्ड्रयूलाई पक्राउ गर्नुअघि प्रहरीले राजा चार्ल्स वा बकिङ्घम दरबारलाई कुनै पूर्वसूचना नदिएको बताइएको छ।

यता, राजा चार्ल्स तृतीयले आफ्ना भाइ एन्ड्रयू पक्राउ परेपछि आधिकारिक वक्तव्य जारी गर्दै कानूनी प्रक्रियालाई पूर्ण समर्थन गर्ने बताएका थिए । उनले ‘कानूनले आफ्नो बाटो समाउनैपर्छ’ भन्दै कानूनी प्रक्रियालाई सम्मान गर्ने बताएका थिए ।

यस विषयमा सम्बन्धित निकायहरूले उचित र निष्पक्ष रूपमा अनुसन्धान प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गर्दै राजाले अनुसन्धानमा दरबारको पूर्ण समर्थन र सहयोग रहने पनि स्पष्ट पारेका छन्। अनुसन्धान जारी रहेका कारण यस विषयमा थप टिप्पणी गर्नु उचित नहुने पनि उनले बताएका छन्।

यस कठिन परिस्थितिमा पनि आफू र राजपरिवार देशप्रतिको आफ्नो कर्तव्य र सेवामा निरन्तर लागिरहने प्रतिबद्धता पनि राजाले व्यक्त गरेका छन्।

Explore news by Source or Category