npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo

Artha Sarokar :: Nepal's No.1 Economic News

Artha Sarokar :: Nepal's No. 1 Business News Portal. Brings you Exclusive business news from Nepal and around the world.

धितोपत्र बोर्डका अध्यक्षले दिए राजीनामा

Sudarshan Shrestha | 14 hours ago
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका हुन् । राजीनामा दिनेबारे श्रेष्ठले शुक्रबार नै अर्थसचिवलाई फोन गरेर जानकारी गराएका थिए । उनले साँझ साढे ५ बजे बसेको बोर्ड सञ्चालक सतितिमा राजीनामाको जानकारी गराएका थिए । नयाँ सरकारलाई सहयोग गर्न उनले राजीनामा दिएको बताएका छन् ।

एक रुपैयाँको महत्व बुझौँ, छुट्टा छैन भन्दै पैसा फिर्ता नपाउँदाका घाटा बुझौँ ! (भिडियोसहित)

Manjila Pandey | 15 hours ago
काठमाडौँ। कता हरायो एक रुपैयाँ ? यो प्रश्न साधारण जस्तो देखिए पनि यसभित्र समयको परिवर्तन, आर्थिक अवस्था र हाम्रो जीवनशैलीको ठूलो कथा लुकेको छ। एक रुपैयाँको नोट र सिक्का त्यस्तो वस्तु हो जसलाई बनाउन एक रुपैयाँभन्दा बढी खर्च लाग्ने गर्छ । त्यही भएर पनि नेपाल राष्ट्र बैंकले एक रुपैयाँको नोट नै बनाउन छाडिसकेको धेरै भइसकेकोContinue reading "एक रुपैयाँको महत्व बुझौँ, छुट्टा छैन भन्दै पैसा फिर्ता नपाउँदाका घाटा बुझौँ !

पूर्व सभासद्ले दिए बालेनविरुद्ध उजुरी, ‘र्याप ब्याटल’को भिडियो डिलिट गर्न माग

Sudarshan Shrestha | 15 hours ago
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी परेको छ । अघिल्लो संविधानसभाका पूर्व सभासद् सुनिलबाबु पन्तले बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका हुन् । उजुरीमा शाहले १२ वर्षअघि ‘रअ बार्ज’मा गरेको ब्याटल भिडियो युट्युबबाट हटाउन माग गरिएको छ ।

सेयर बजारमा सोमबारदेखि नयाँ नियम लागू हुँदै, कम्पनीको मूल्य १५ प्रतिशतसम्म घटबढ हुनसक्ने !

Sudarshan Shrestha | 15 hours ago
काठमाडौँ । सोमबारदेखि सेयर बजारमा नयाँ नियम लागू हुने भएको छ । ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था सोमबारदेखि लागू हुने भएको हो । नयाँ व्यवस्था अनुसार अब नेप्सेमा सूचीकृत कम्पनीको ‘प्राइस लिमिट’ १५ प्रतिशत पुर्याइएको छ । अर्थात, अबदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको दैनिक सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुनContinue reading "सेयर बजारमा सोमबारदेखि नयाँ नियम लागू हुँदै, कम्पनीको मूल्य १५ प्रतिशतसम्म घटबढ हुनसक्ने !

अबदेखि ‘ट्रायल’ पास गरेको २४ घण्टाभित्र लाइसेन्स हातमा !

Sudarshan Shrestha | 16 hours ago
काठमाडौँ । अबदेखि ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अबदेखि ट्रायल पास भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने जनाएका हुन् । काभ्रेको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पुगेर लाइसेन्स छपाईको अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन्Continue reading "अबदेखि ‘ट्रायल’ पास गरेको २४ घण्टाभित्र लाइसेन्स हातमा !

राजीनामा दिने तयारीमा बोर्ड अध्यक्ष श्रेष्ठ !

Sudarshan Shrestha | 17 hours ago
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिने तयारी गरेका छन् । नयाँ सरकारलाई सहयोग गर्ने उद्धेश्यले उनले राजीनामा दिन लागेका हुन् । श्रेष्ठले अर्थसचिवलाई फोन गरेर राजीनामा दिन लागेको विषयमा जानकारी गराएको बोर्ड स्रोतको दाबी छ । स्रोतका अनुसार श्रेष्ठले शुक्रबार साँझ बस्ने बोर्ड बैठकमा राजीनामाबारे जानकारी दिन लागेका छन् ।Continue reading "राजीनामा दिने तयारीमा बोर्ड अध्यक्ष श्रेष्ठ !

जेन-जी आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

Supriya Acharya | 17 hours ago
काठमाडौँ । गत भदौ २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो, प्रत्येक नेपालीको भागमा १ लाख ५ सयबढी ऋण !

Supriya Acharya | 17 hours ago
काठमाडौँ । नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा सरकारको तिर्न बाँकी ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड ४६ लाख पुगेको हो । जसमध्ये आन्तरिक ऋण हिस्सा १३ खर्ब ८८ अर्ब ११ करोड र वाह्य ऋण १५ खर्ब ४५ अर्ब ६७ करोड रुपैयाँ बराबर छ । सरकारले पछिल्लो ९Continue reading "नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो, प्रत्येक नेपालीको भागमा १ लाख ५ सयबढी ऋण !

लम्साल सम्पत्ति छानविन आयोगमा नियुक्त भएपछि ‘एमालेजन’ खुसी, एमाले कोटाबाट नियुक्ति खाएका सिलवालले दिए बधाई !

Sudarshan Shrestha | 17 hours ago
काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति छानविन आयोगमा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल नियुक्त भएपछि एमालेजनमा खुसियाली देखिएको छ । ‘केपी ओलीका मान्छे’ भनेर चिनिएका लम्साल रास्वपा सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगमा नियुक्त भएपछि एमालेजन खुसी भएका हुन् । यतिसम्म कि लम्सालको नियुक्तिमा सबैभन्दा धेरै एमालेको कोटाबाट नियुक्ति लिएकाहरु खुसी छन् । सरकारी स्वामित्वकोContinue reading "लम्साल सम्पत्ति छानविन आयोगमा नियुक्त भएपछि ‘एमालेजन’ खुसी, एमाले कोटाबाट नियुक्ति खाएका सिलवालले दिए बधाई !

शुक्रबार ५.३६ अंकले बढ्यो नेप्से परिसूचक

Supriya Acharya | 18 hours ago
काठमाडौँ । साताको कारोबारको दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबारContinue reading "शुक्रबार ५.

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित, आर्थिक क्षेत्र चलायमान हुने विश्वास

Supriya Acharya | 20 hours ago
काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको छ ।

मुक्तिनाथले सिइओमा तिल गुरुङलाई पत्याएन, पुराना डिसिइओ मानन्धर सिइओ नियुक्त

Sudarshan Shrestha | 20 hours ago
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सिइओ नियुक्त गरेको हो । हालका सिइओ प्रद्युमन पोखरेलको कार्यकाल बैशाखमा सकिने भएसँगै मानन्धरलाई जेठ १ गतदेखि लागू हुनेगरी बैंकको सिइओ नियुक्त गरिएको बैंकका एक सञ्चालकले बताएका छन् ।

सुनको मूल्य तोलामै तीन हजार रुपैयाँले घट्यो

Supriya Acharya | 22 hours ago
काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो ।

सम्पत्ति छानबिन समितिमा सदस्य नै ‘भ्रष्टाचार आरोपित’, ‘ओलीका मान्छे’ कसरी घुसे ? (भिडियो ब्रिफिङ)

Sudarshan Shrestha | 23 hours ago
काठमाडौँ । अहिले सरकार रास्वपाको छ । प्रधानमन्त्री भ्रष्टाचार, लुट, चाकरीबवाद, नातावाद, कृपावाद फिटिक्कै मन नपराउने बालेन्द्र शाह छन् । अर्थमन्त्री धेरैले आश गरेका विज्ञ डा. स्वर्णिम वाग्ले छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गज्जबको अनुभव बटुलेका अर्थमन्त्री वाग्लेसँग व्यवसायी, निजी क्षेत्र र जनताको आशा ठूलो छ । अर्थमन्त्री नियुक्त हुनेबित्तिकै अर्थमन्त्रीले लिएका एक्सनलाई जनतालेContinue reading "सम्पत्ति छानबिन समितिमा सदस्य नै ‘भ्रष्टाचार आरोपित’, ‘ओलीका मान्छे’ कसरी घुसे ?

आर्थिक वर्ष २०२५/२६ मा भारतको निर्यात ४.२२ प्रतिशतले बढ्यो

Sudarshan Shrestha | 23 hours ago
काठमाडौँ । भारतको वस्तु र सेवासहितको कुल निर्यात आर्थिक वर्ष २०२५/२६ (अप्रिल २०२५ देखि मार्च २०२६ सम्म) मा ४.२२ प्रतिशतले बढेर ८६०.०९ अर्ब अमेरिकी डलर पुगेको छ । यस आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गर्दै देशका वाणिज्य सचिव राजेश अग्रवालले नयाँ दिल्लीमा पत्रकारहरूसँगको कुराकानीमा यो जानकारी दिएका हुन् । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षContinue reading "आर्थिक वर्ष २०२५/२६ मा भारतको निर्यात ४.

कृषिमन्त्री चौधरीको निर्देशनमा बागमती स्वीट्स प्रालिमा शिलबन्दी

Sudarshan Shrestha | 1 day ago
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ-११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ । गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले सो प्रालिमा अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो ।

सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

Sudarshan Shrestha | 1 day ago
काठमाडौँ । सिरहामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो ।

उर्जा क्षेत्रको सुधारका लागि सरकारको ३२ बुँदे निर्देशन, हाइड्रोपावरको लाइसेन्स अवधि ५० वर्ष बनाइने !

Sudarshan Shrestha | 1 day ago
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गरेका छन् । विद्युत् बजार सुधारदेखि सिँचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषयलाई समेटेर ३२ बुँदे निर्देशन जारी भएको हो । मन्त्रालयले सबै कार्य योजनाहरू तोकिएको समय सीमाभित्र कार्यान्वयनContinue reading "उर्जा क्षेत्रको सुधारका लागि सरकारको ३२ बुँदे निर्देशन, हाइड्रोपावरको लाइसेन्स अवधि ५० वर्ष बनाइने !

Explore news by Category