npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सप्तरी–४ : ‘चौक्का’ हान्ने दाउमा तेजुलाल, मैदानमा २७ उम्मेद्वार

राजधानी समाचारदाता 2 hours ago

राजविराज । प्रतिनिधिसभा निर्वाचनमा सप्तरीको क्षेत्र नम्बर ४ मा लगातार तीन पल्ट जितेर ‘ह्याट्रिक’ लगाइसकेका पुराना र नयाँ उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यसक्षेत्रमा लगातार तीनपटक जितेका पुर्व साँसद तेजुलाल चौधरी लाई चौथो जितका लागि काँग्रसले पुनः उम्मेदवार बनाएको हो ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २४ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रमा काँग्रेसका चौधरीका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह, नेकपा एमालेका गंगा प्रसाद चौधरी, जनता समाजवादी पार्टी नेपालका डा.वाँवी सिंह यादव तथा

नेपाली कम्युनिष्ट पार्टीका रुवी कुमारी कर्ण मुख्य प्रतिस्पर्धामा देखिएका छन् । नेकपाबाट उम्मेदवार बनेकी रुवी कर्ण केन्द्रिय सदस्यको जिम्मेवारीमा समेत छिन् । उनी मधेश प्रदेश सरकारमा आन्तरिक मामिला तथा गृह सञ्चार राज्यमन्त्रीको रुपमा काम पनि गरी सकेकी छिन् ।

यस्तै जसपा नेपालबाट उम्मेदवार बनेकी डा. बबि ंिसंह यादव पनि स्थानिय जनता माझ लोकप्रिय छिन् । उनीहरुले पनि राजनीति स्पेश बढाउँदै लगेकाले कसको पलराभारी हुने हो ? भन्न कठिन भएको मतदाताहरु बताउँछन् ।

यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका रामाकान्त चौधरी, जनमत पार्टीका जितेन्द्र कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुप कुमार न्यौपाने, उज्यालो नेपाल पार्टीका विशो कुमार यादव, आम जनता पार्टीका अनिता कुमारी चौधरी लगायतका उम्मेदवार पनि जित निकाल्न प्रयास गरिरहेका छन् ।

रास्वपाबाट उम्मेदवार भएका सिताराम साह काँग्रेस पृष्ठभूमीका व्यक्ति हुन् । लामो समय काँग्रेसबाट राजनीति गर्दै आएका सिताराम अहिले फरक राजनीति पृष्ठभूमीबाट उम्मेदवारी दिएका छन् । पुराना सहकर्मीले साथ मात्र छोडेको छैन् प्रतिस्पर्धी नै बनेपछि तेजुलाललाई यस पटक जितको ‘चोक्का’ निकाल्न सकस पर्ने स्थानिय मतदाताहरुको आकलन छ । स्थानिय मतदाताहरु भन्छन् “ २०७० साल देखि निरन्तर संसदीय निर्वाचनमा विजयी हासिल गर्दै आएका काँग्रेसको तेजुलाललाई यसपटकको प्रतिस्पर्धा अघिल्ला चुनाव भन्दा भिन्न र कठिन देखिएको छ ।”

अघिल्ला निर्वाचनहरुमा सिताराम तेजुलालको निकट सहयोगी भएर काम गरेका थिए । तर, अहिले तेजुलालको प्रतिस्पर्धी बनेर चुनावी मैदानमा उत्रेपछि यहाँको निर्वाचन समिकरणलाई नयाँ मोडमा पुर्याएको स्थानिय मतदाताहरु बताउँछन् । सितारामले नयाँ राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै बैकल्पिक राजनीतिक शक्ति र सुशासनलाई आफ्नो मुल मुद्दा बनाएका छन् भने तेजुलाल चौधरीले आफ्नो कार्यकालमा विकास निर्माणका थुप्रै काम सम्पन्न गरेको र अधुरा कामलाई गति प्रदान गर्ने एजेन्डा अघि सारेका छन् ।

यहाँ एक लाख नौ हजार ५६६ मतदाता छन् । यसक्षेत्रमा बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका तथा बलान बिहुल गाउँपालिका गरी कुल ४ पालिका पर्दछ । जसमध्ये २०७९ सालको स्थानियतहको निर्वाचनमा बोदेबरसाइन नगरपालिकामा जसपा नेपाल, खडक नगरपालिकामा तत्कालिन नेकपा माओवादी केन्द्र, सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेस र बलान बिहुल गाउँपालिकामा जनमत पार्टीका उम्मेदवारले जितेका छन् ।

१. नागरिक उन्मुक्ति पार्टी, नेपाल रामाकान्त चौधरी
२. स्वतन्त्र विनोदकुमार मण्डल
३. स्वतन्त्र शिव कुमार कापैर
४. राष्ट्र निर्माण दल नेपाल मो. जाकिर अलि
५. स्वतन्त्र संजिव कुमार साह
६. नेपाली जनता दल राम वावु रजक
७. स्वतन्त्र सुरेन्द्र प्रसाद साह (फिर्ता)
८. स्वतन्त्र श्याम सुन्दर साहु
९. स्वतन्त्र केश्वर प्रसाद साह
१०. स्वतन्त्र किर्तिनन्द चौधरी (फिर्ता)
११. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) गंगाप्रसाद चौधरी
१२. स्वतन्त्र दुर्गा प्रसाद यादव
१३. स्वतन्त्र प्रेम कुमारी महरा
१४. राष्ट्रिय स्वतन्त्र पार्टी सिताराम साह
१५. जनमत पार्टी जितेन्द्र कुमार साह
१६. राष्ट्रिय प्रजातन्त्र पार्टी रुप कुमार न्यौपाने
१७. उज्यालो नेपाल पार्टी विशो कुमार यादव
१८. आम जनता पार्टी (एकल चुनाव चिन्ह) अनिता कुमारी चौधरी
१९. नेपाली काँग्रेस तेजुलाल चौधरी
२०. स्वतन्त्र सनम कुमारी चौधरी
२१. स्वतन्त्र रामेश्वर मंडल धानुक
२२. स्वतन्त्र सुनिल कुमार यादव
२३. स्वतन्त्र सन्तोष प्रसाद सिंह
२४. जनता समाजवादी पार्टी, नेपाल वाँवी सिंह
२५. नेपाल मजदुर किसान पार्टी राम नारायण साह
२६. नेपाल जनता पार्टी कोशल किशोर दास
२७. नेपाली कम्युनिष्ट पार्टी रुवी कुमारी कर्ण

The post सप्तरी–४ : ‘चौक्का’ हान्ने दाउमा तेजुलाल, मैदानमा २७ उम्मेद्वार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category