npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

‘मिरमिरे’ को शीर्ष गीत सार्वजनिक

Rajdhani Daily 16 hours ago

काठमाडौँ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार फिल्मका नायकसमेत रहेका प्रकाश सपुत र गायिका मेलिना राईको स्वर रहेको गीत ‘मिरमिरे भो’ सार्वजनिक गरेको हो । यस गीतमा शब्द र संगीत पनि प्रकाशले नै दिएका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा छ ।गीतले फिल्म त्रिकोणात्मक प्रेम कथामा बनेको संकेत गरेको छ, जुन टिजरमा पनि देखिएको छ । यो फिल्मको प्रदर्शन मिति माघ १ लाई तोकिएको छ ।

यार्सा फिल्म्सको प्रस्तुति बनेको यस फिल्ममा दयाहाङ, प्रकाश, सिर्जनासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचनलगायतको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर हुन् ।

The post ‘मिरमिरे’ को शीर्ष गीत सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category