npl.977 Nepal News Stream

Nepali Link

इलाम समाज बेलायतको अध्यक्षमा धनबहादुर राई

Nabin Pokharel 3 days ago


लण्डन । इलाम समाज बेलायतको अल्डरसटमा सम्पन्न सातौ अधिवेशनले धन बहादुर राईलाई आगामी तीन वर्षका लागि अध्यक्ष चयन गरेको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णबीर तामाङ र मेजर नवल किरण याक्खा, महिला उपाध्यक्ष मिना गुरुङ, महासचिव चोक गुरुङ, सचिव इन्द्र बहादुर राई, कोषाध्यक्ष डम्बर राई तथा सह–कोषाध्यक्ष धन अशोक राई, खेल संयोजक लेख राज राई,जनसम्पर्क/मिडिया संयोजक प्रेम बहादुर राई चयन भएका छन्।

नयाँ कार्यसमिति चयनका लागि संस्थाका पूर्व अध्यक्ष प्रमिला लाबुङको संयोजकत्वमा रमेश बुर्जा सदस्य–सचिव र मान बहादुर राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

निर्वाचन समितिका संयोजकले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

कार्यक्रममा निबर्तमान अध्यक्ष टेक बिर राईले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे। नव निर्बाचित अध्यक्ष धन बहादुर राईले संस्थालाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।


यसअघि अध्यक्ष टेकबीर राईको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष धन बहादुर राईले स्वागत मन्तव्य र पूर्व अध्यक्ष राजेन्द्र राईले शुभकामना व्यक्त गरेका थिए।

अधिवेशनमा महासचिवले प्रगति प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरे भने कोषाध्यक्ष घनश्याम गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । छलफल पछि दुवै प्रतिवेदन पारित गरिएको थियो ।

– प्रमिला लाबुङ राई

Read more news from Nepali Link

Explore by Source or Category