Sutra News
आफूले भनेको नमानेपछि बालिकाको गोप्य भिडिओ आफन्तलाई पठाइदिए सन्दिपले
सुत्र न्युज
|
20 hours ago
काठमाडौं । नाबालिकामाथि नक्कली फेसबुकको जालोमा अश्लील माग, दबाब र चरित्र हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय सन्दिप चन्दलाई पक्राउ गरेको छ।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार चन्दले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएर नाबालिकासँग साथी बनेका थिए र नग्न तस्बिर र भिडियो माग्दै उसको मानसिक तथा सामाजिक दबाब सिर्जना गरेका थिए।
जब नाबालिकाले अस्वीकार गरिन्, चन्दले ती नग्न सामग्री साथी र आफन्तसँग शेयर गरेर उनको चरित्र हत्या गरेका थिए। विभिन्न दबाब र प्रभावमा पारेर नियमित रूपमा अश्लिल गतिविधि गर्न लगाएको आरोप छ।
कैलालीबाट पक्राउ परेका चन्दको साथ अनुसन्धान जारी छ।