npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

लुम्बिनीमा कन्टेन्ट क्रियटरका लागि खुला प्रतिस्पर्धा हुने, उत्कृष्टलाई पुरस्कार प्रदान गरिने

दशरथ घिमिरे 1 day ago

दाङ – लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठकले युवामुखी नीति तथा कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बिहिवार बसेको बैठकमा युवासम्बन्धी नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरिएको हो।

बैठकले चालु आर्थिक वर्ष २०८२\०८३ भित्रै युवालाई लक्षित गर्दै सामग्री सर्जकहरूबीच(कन्टेन्ट क्रियटर)विच खुला प्रतिस्पर्धा आयोजना गर्ने निर्णय गरेको छ। उक्त प्रतिस्पर्धाबाट उत्कृष्ट सामग्री सर्जकलाई छनोट गरी ‘उत्कृष्ट सामग्री पुरस्कार’ प्रदान गरिनेछ।

मन्त्री पाण्डेयले प्रदेशका युवामा सकारात्मक सोच, सिर्जनशीलता र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको बताए। उनले डिजिटल माध्यममार्फत युवाको प्रतिभा उजागर गर्न यस्तो पहल गरिएको उल्लेख गरे।

यसैबीच, प्रदेश युवा परिषद् विकास समिति लुम्बिनीमा नयाँ सदस्यहरू नियुक्त गरिएको छ। मन्त्रालयले पंकज पाठक र मनिषा हरिजनलाई परिषद्को सदस्य पदमा नियुक्त गरेको जनाएको छ।

प्रदेश युवा परिषद् विकास समिति (गठन) आदेश, २०७८ अनुसार उनीहरूलाई तोकिएको पदावधिका लागि सदस्यमा नियुक्त गरिएको हो। मन्त्री पाण्डेयले नव नियुक्त सदस्यहरूलाई बधाई दिँदै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त व्यक्त गरे।

Read more news from देशसञ्चार

Explore by Source or Category