एक वर्षपछि ताँजाकोट गाउँपालिकावासीले नुन पाउने
हुम्ला – बाजुरा जिल्लासँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले एक वर्षपछि नुन पाउने भएकाे छ। नुन ढुवानीको जिम्मा लिएको सप्लायर्सले ढिलै गरी नुन ढुवानी गरेपछि यतिधेरै समयपछि उक्त गाउँपालिकामा नुन आइपुगेको हो।
आर्थिक वर्ष सम्पन्न भएको नौ महिनापछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ढुवानी अनुदानको नुन आइपुगेको छ।
पहिलो चौमासिक अवधिभित्र ढुवानी हुनुपर्नेमा यतिबेला ताँजाकोट गाउँपालिकाको यस आवको कोटाको लिमिटेडको ढुवानी अनुदानको नुन गाउँपालिका केन्द्रका आइपुगेको लिमिटेड हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले बताए।
नुन ताँजाकोटमा आइपुगेपछि आफू त्यसतर्फ बिहीबार लागेको र अब नुन उपभोक्तालाई वितरण गर्ने उनले बताए। यस वर्ष उक्त बिक्री केन्द्रका लागि ४७९ क्विन्टल नून कोटा निर्धारण गरिएकोमा हालसम्म ३४० क्विन्टल ढुवानी भएर आइपुगेको हो।
बाँकी नुन पनि सप्लासर्यले चाँडै ढुवानी हुने क्रममा छ। गत वर्ष सो गाउँपालिकाका स्थानीयले प्रतिघर पचास केजी नुन पाएबका थिए। स्थानीयका अनुसार एक वर्षपछि पुन नुन पाइने बताएका छन्। हुम्लामा लिमिटेडको ढुवानी अनुदानको नुन प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने गर्छ।