npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

न्युज अफ नेपाल 18 hours ago

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार रास्वपाका एक नेताको कमलपोखरीस्थित निवासमा उनीहरूबीच छलफल भएको हो।

भेटमा रास्वपाका उपसभापति डिपी अर्याल तथा बालेनका सहयोगी कुमार व्यञ्जनकारको पनि उपस्थिति रहेको थियो। छलफलमा आगामी निर्वाचन, सम्भावित चुनावी सहकार्य तथा साझा एजेन्डाका विषयमा कुराकानी भएको बताइएको छ।

पछिल्लो समय रास्वपाले बालेनसहित वैकल्पिक राजनीतिक शक्तिहरूसँग सहकार्य गरेर चुनावमा बलियो उपस्थिति जनाउने रणनीति अघि सारेको देखिन्छ। सोही रणनीतिअन्तर्गत विभिन्न पक्षसँग संवादलाई निरन्तरता दिइएको स्रोतको भनाइ छ।

रास्वपा सभापति लामिछाने शुक्रबार मात्र नख्खु कारागारबाट धरौटीमा रिहा भएका थिए।

Read more news from News of Nepal

Explore by Source or Category