npl.977 Nepal News Stream

Sutra News logo Sutra News

रहेनन् पूर्वमन्त्री बद्री

सुत्र न्युज 4 hours ago

 

काठमाडौं । नेपाली राजनीतिका दिग्गज नेता बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा मंगलबार विराटनगरमा निधन भएको छ। मोरङको विराटनगर महानगर–९ घोघापुल चोकमा रहेको आफ्नो घरमै मण्डलको निधन भएको हो।

भतिजी जस्मिन मण्डलका अनुसार सोमबार रातिसम्म मण्डलको स्वास्थ्य सामान्य थियो। ‘बिहान शौचालय गएर फेरि ओछ्यानमा आफै पुग्नुभयो। सुतेकै ठाउँमा बित्नुभयो,’ उनले भनिन्।

२०३६ सालदेखि पञ्चायती राजनीतिमा प्रवेश गरेका मण्डलले पञ्चायतकालदेखि २०४६ पछिको बहुदलीय संसदीय समय र तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पनि सत्ता राजनीतिको केन्द्रमा रहे। उनी राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए र २०४२ सालमा अर्थ राज्यमन्त्री र पछि वन मन्त्री पनि बनेका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यसँग पराजित भएका मण्डलले २०५६ मा फेरि आचार्यलाई पराजित गर्दै राजनीतिक पुनरुत्थानको उदाहरण देखाए। २०४६ पछि उनी सद्भावना पार्टीमा सक्रिय भए र संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि केही समय कार्यवाहक अध्यक्ष बने।

राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा मण्डल उपप्रधानमन्त्रीसमेत भएका थिए।

Read more news from Sutra News

Explore by Source or Category