राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
ओलीलाई रबिको कटाक्ष : गुन तिर्न अदालत धाइरहेको छु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलक्षित कटाक्ष गर्दै उनले लगाएको “गुन तिर्न” आफू अदालत आएको बताएका छन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दाको तारिख बुझ्न पुगेका लामिछानेले अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
ओलीले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा आफूले रविलाई गुन लगाएको दाबी गरेपछि त्यसको जवाफस्वरूप लामिछानेले व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् । उनले ओलीकै कारण एक हप्ताभित्र सातवटा जिल्ला अदालतमा उपस्थित हुनुपर्ने अवस्था आएको गुनासो गरे ।
मुद्दाका कारण शरीरभरि किला ठोकेको जस्तो पीडा भएको उल्लेख गर्दै उनले काठमाडौँसहित अन्य जिल्लाका अदालतमा पनि हाजिर हुनुपर्ने तयारीमा रहेको बताए ।
ओली नेतृत्वको तत्कालीन गठबन्धन सरकारले रविमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो । उच्च अदालत बुटवल इजलासको आदेशअनुसार २ करोड ६८ लाख रुपैयाँ धरौटी बुझाएर उनी गत शुक्रबार रिहा भएका थिए ।
The post ओलीलाई रबिको कटाक्ष : गुन तिर्न अदालत धाइरहेको छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....