npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

आलोचनाबाट भाग्दैनौँ, देशका लागि आक्षेप सहन तयार छौँ : प्रधानमन्त्री कार्की

न्युज अफ नेपाल 15 hours ago

काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गरेकी छन् । सिंहदरबारमा साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताएकी हुन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको समेत उनले गुनासाे गरिन् । उनले मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको बताइन् ।

उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबै भन्दा पहिला जनता हुने बताएकी छन् । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको उनको भनाइ थियाे। जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको उनले बताएकी छन्।

प्रधानमन्त्री कार्कीले आफूहरु जेनजीका रगतमा ऐस आराम गर्न नआएको बताइन् । उनले विगतमा राजनीतिक दलहरुले मस्ती गरेको तर आफूहरुले केही ऐस आराम नगरेको बताएकी छन् । सबैलाई निर्वाचनमा आइदिन समेत उनले आह्वान गरिन् । सबै राजनीतिक दलहरु एकतावद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गरेकी छन् ।

Read more news from News of Nepal

Explore by Source or Category